२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कौसीमा 'गिल्टी अर नट गिल्टी'

काठमाडौँ — टेकुस्थित कौसी थिएटरमा 'गिल्टी अर नट गिल्टी' मञ्चन हुने भएको छ । आगामी जेठ ३ देखि २६ सम्म मञ्चन हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक 'अन द नाइट अफ जनवरी सिक्सटिन्थ'मा आधारित छ । नाटकलाई राजकमल फकिरले निर्देशन गरेका हुन् । 

कौसीमा 'गिल्टी अर नट गिल्टी'

निर्देशक फकिरका अनुसार नाटकमा 'अग्रवाल इन्भेस्मेन्ट भेन्चर'का सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएपछिको अदालतमा हुने बहसमा केन्द्रित रहनेछ ।

थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजालीको अभिनय छ ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकको ध्वनी संयोजन नरेश गजुरेलले गर्नेछन् भने प्रकाश व्यवस्थापन कलाकार आशान्त शर्माले गर्नेछन् ।

प्रकाशित : वैशाख ३१, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?