कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

काठमाडौँ — बलिउड अभिनेता ज्याकी श्रफ आफ्नो नाम, व्यक्तिगत पहिचान र फिल्म क्षेत्रबाट पाएको उपनाम बचाउन दिल्ली उच्च अदालत पुगेका छन् । 'अप्ना भिडू' उपनामले प्रख्यात श्रफले आफ्नो नाम ज्याकी, उपनाम जग्गु दादा, भिडू आफ्नो आवाज र शारीरिक हाउभाउको सुरक्षाका लागि उच्च अदालत पुगेका हुन् ।

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

आफ्नो अनुमतिबिना विभिन्न मिमहरुमा आफ्नो तस्वीर प्रयोग गरेको निहुँमा ६७ वर्षे श्रफ अदालत पुगेका हुन् । आफ्नो नाम र आवाजलाई व्यवसायिक नाफाका लागि दुरुप्रयोग गरिएको श्रफको दाबी छ । जेठ २ मा अदालतले यो मुद्दामा फैसला दिने भारतीय संचार माध्यमले उल्लेख गरेको छ ।

ज्याकी अन्य दुई बलिउड कलाकार अनिल कपुर र अमिताभ बच्चनको पद पछ्याउँदै अदालतसम्म पुगेका हुन् । सन् २०२२ मा अमिताभले पनि दिल्लीको उच्च अदालतमा आफ्नो नाम, आवाज र तस्विरलाई आफ्नो अनुमति बिना प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । विभिन्न व्यवसाय प्रचार गर्न आफ्नो पहिचानलाई प्रयोग गरिएको हुँदा ८१ वर्षिय बच्चनले त्यतिबेला मुद्दा दर्ता गरे ।

त्यसैगरी गत वर्षमात्रै उच्च अदालतले अनिल कपुरको यस्तै मुद्दामाथि फैसला सुनाएको थियो । अदालतले अनिलको अनुमतिबिना उनको आवाज, तस्विर र 'झक्कास' भन्ने शैलीलाई प्रयोग गर्न नपाएको फैसला गरेको थियो । त्यतिबेला अमिताभकै कारण आफू उक्त निर्णयमा पुगेकोसमेत कपुरले बताएका थिए । बलिउड यतिखेर 'जग्गु दादा'माथि अदालतले कस्तो फैसला गर्ला भन्ने पर्खाइमा छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×