कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

समीक्षा र शान्तिश्रीको स्वरमा ‘माछी’

काठमाडौँ — गायिकाद्वय समीक्षा अधिकारी र शान्तिश्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । लोमश शर्माको प्रस्तुतिमा तयार गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

समीक्षा र शान्तिश्रीको स्वरमा ‘माछी’

गीतमा शब्द र संगीत पुरुषोत्तम गैरेको छ । गीतको भिडियोमा लोमशसँगै प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन् । लोमशको निर्देशनमा बनेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

लोमशको प्रस्तुतिमा यसअघि ‘गोर्खे खुकुरी’ गीत सार्वजनिक भएको थियो । निश्चल दवाडी र शान्तिश्री परियारको स्वर रहेको गीतले ५ महिनाको अवधिमा युट्युबमा ४ करोड २८ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।

प्रकाशित : श्रावण ११, २०८१ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×