३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

'घरज्वाइँ'मा दया र मिरुनाको जोडी

काठमाडौँ — फिल्म 'घरज्वाइँ'को टिजर सार्वजनिक भएको छ । टिजरमा दर्शकले रुचाएको जोडी दयाहाङ राई र मिरुना मगर देखिन्छन् । अनिल बुढा मगरद्वारा निर्देशित यो फिल्ममा मगर समुदायको संस्कार र सँस्कृतिमार्फत कथा पस्किएको छ । 

'घरज्वाइँ'मा दया र मिरुनाको जोडी

फिल्मलाईजनक घर्ती मगरले निर्माण गरेका हुन् । जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक आफैले लेखेका हुन् । बिनोद खतिवडा र सुभाष कोइरालाले भने पटकथा तथा संवाद लेखनमा अनिललाई सघाएका छन् ।

आगामी असार २८ मा प्रदर्शनमा आउने यो फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

हर्क साउद र मनोज थापाको संगीत रहेको फिल्ममा कृष्ण भन्डारीको सम्पादन छ ।

प्रकाशित : वैशाख ३१, २०८१ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?