२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हलिउड/बलिउडलाई नेपालमा छायांकनका लागि आकर्षित गरिने

काठमाडौँ — हलिउड तथा बलिउड फिल्मलाई नेपालमा छायांकनका लागि आकर्षित गरिने भएको छ ।

हलिउड/बलिउडलाई नेपालमा छायांकनका लागि आकर्षित गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा मंगलबार पेस गरेको सरकारको नीति तथा कार्यक्रममा हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गर्दै चलचित्र पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरेका हुन् ।

त्यस्तै समाज र रुपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत/संगीत, अनुसन्धान तथा स्वेदेशी चलचित्रको प्रवर्द्धन गर्न 'परिवर्तनका लागि कला र साहित्य' कार्यक्रम सञ्चालन गरिने समेत जनाए ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?