कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

व्यवसायीलाई त्रास र भयबाट मुक्त गराइदिनुस् : नाडा अध्यक्ष चौधरी

भाद्र ११, २०८१
व्यवसायीलाई त्रास र भयबाट मुक्त गराइदिनुस् : नाडा अध्यक्ष चौधरी

काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीले नाडा अटो सो अटो व्यवसायीहरूको ठूलो चाड भएको बताएका छ्न । ‘नयाँ-नयाँ प्रविधि देखाउन मात्र होइन जीविका चलाउने आधार हो,’ मंगलबार भृकुटीमण्डपमा सुरु १६औं सस्करणको अटो सो उद्घाटनका क्रममा उनले भने, ‘अटोमोबाइलको ठूलो चाड अटो सो हो, अटोमोबाइल जति पारदर्शी व्यवसायी अरु छैन ।’

चौधरीले व्यवसायलाई त्रास र भयबाट मुक्ति दिलाइदिन सरकारसँग समेत आग्रह गरे । ‘अहिलेको सरकारप्रति ठूलो आश छ,’ उनले थपे, ‘अहिले हामीलाई स्थिर नीति चाहिएको छ ।’

मौद्रिक नीतिमा अटोमोबाइललाई खासै नसमेटिएकोमा पनि उनले गुनासो गरे । ‘सरकारको नीति दुई वर्षमा परिवर्तन नहोस ।, हामी आन्दोलन गर्न सक्दैनौं । सहयोग गर्नुस,’ अध्यक्ष चौधरीले भने, ‘हामी नेपालमै बस्नु छ । यही व्यवसाय गर्नु छ । त्यसैले अटोमोबाइल्सलाई भरोसा दिनुस् । हामी सरकारलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र बन्ने छौं ।’

आगामी भदौ १६ गतेसम्म सञ्चालन हुने अटो सोमा १ सय ३० वटा स्टल राखिएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ १०:०६
x
×