कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

सुनको मूल्य हालसम्मकै उच्च

भाद्र २८, २०८१
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँ मा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १२:५४
×