कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

सुनको मूल्यमा सामान्य गिरावट

आश्विन १, २०८१
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : आश्विन १, २०८१ ११:४४
x
×