कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

५० मेगावाटको युनाइटेड मेवाको सुरुङमार्ग ‘ब्रेक थ्रु’

आश्विन २, २०८१
५० मेगावाटको युनाइटेड मेवाको सुरुङमार्ग ‘ब्रेक थ्रु’

ताप्लेजुङ — मेरिङदेन र मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएको छ । ४ हजार ८ सय मिटर लामो सुरुङ मार्गको काम पूरा भएको हो । 

काम सुरु भएको २५ महिनामा सुरुङ मार्गसहितका आयोजनाका पूर्वाधार तर्फका अभिकांश काम पूरा भएका छन् । योसँगै ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रोजेक्ट इञ्चार्ज आशिष केदेमले जानकारी दिए ।

यो सुरुङमा पानी कुद्ने छ । यसअघि पानी थिग्ग्रयाउने सुरुङ मार्ग निर्माण भइसकेकाले आयोजनामा बिस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने काम सकिएको केदेमले बताएका छन् । अब सर्किट सहितका काम बढाउने केदेमले बताए ।

यसै वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाले २०७४ साउन १५ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएको थियो । विद्युतमा लगानीका लागि आइपीओ जारी गर्ने तयारीमा रहेकोपनि आयोजनाले बताएको छ ।

उत्पादित विद्युत मैवाखोला गाउँपालिका १ ढुङगेसाँघुमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जोडिने आयोजना प्रमुख ओम प्रकाश चौधरीले जानकारी दिए । ढुङगेसाँघुबाट बसन्तपुरमा लगेर राष्ट्रिय प्रशारण लाइनमा विद्युत जडान गरिने छ ।

प्रकाशित : आश्विन २, २०८१ १७:१२
x
×