कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

सेयर बजार घटेकोमा अर्थमन्त्रीको चासो, वृद्धिका लागि लाग्न निर्देशन

आश्विन २, २०८१
सेयर बजार घटेकोमा अर्थमन्त्रीको चासो, वृद्धिका लागि लाग्न निर्देशन

काठमाडौँ — सेयर बजार घटेकोमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चासो व्यक्त गरेका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्थलगल निरीक्षण गर्दै बजार वृद्धिका लागि सक्दो पहल गर्न निर्देशन दिएका हुन् ।

करिब २ हजार हाराहारीमा रहेको नेप्से पौडेल अर्थमन्त्री भएपछि लगातार बढेर तीन हजार पुगेको थियो । यही कारण पनि अर्थमन्त्री पौडेललाई सेयर बजारका लगानीकर्ताले सकारात्मक रुपमा लिँदै आएका थिए । तर त्यो वृद्धि लामो समयसम्म टिकेन र लगातार जसो बजार घटिरहेको छ । सोही क्रममा बुधबारसम्म नेप्से २ हजार ५ सय ७६ विन्दुमा झरेको छ ।

बजार निरन्तर घट्न थालेपछि अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही क्रममा अर्थमन्त्री पौडेलले नेप्सेको क्षमता अभिवृद्धिका सरकारले सबै प्रकारका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : आश्विन २, २०८१ १८:२२
x
×