कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

एनसेलले सुरु गर्‍यो एनसेल फाउन्डेसन

आश्विन १, २०८१
एनसेलले सुरु गर्‍यो एनसेल फाउन्डेसन

काठमाडौँ — सामाजिक उत्तरदायित्वका कार्यहरूलाई संस्थागत रूपमै अघि बढाउने लक्ष्यसहित एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवका अवसरमा मंगलबार एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ । समाजका हरेक वर्गको उत्थान र सशक्तिकरणका लागि सहयोग गर्ने प्रतिबद्धतास्वरुप फाउन्डेसन सुरु गरिएको एनसेलले जनाएको छ ।

यस फाउन्डेसनमार्फत एनसेलले १९ वटा प्रोजेक्टका लागि प्रति प्रोजेक्ट १० लाख रुपैयाँका दरले १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले भविष्यमा १०० वटा प्रोजेक्ट, १ करोड ३० लाख मानिसको जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने र सामाजिक योदानमा २ अर्ब लगानी गर्ने लक्ष्य लिएको एनसेलको वेबसाइटमा उल्लेख छ । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले १९ औं वार्षिकोत्समा १९ मिलियन रुपैयाँ लगानी गरिने १९ वटा प्रोजेक्टहरूका लागि आवेदन खुला भइसकेको जानकारी दिए ।

यसका साथै एनसेलको ‘विमा सँधै अन’ प्याकेज मार्फत दुर्घटना विमा, यात्रा विमा र मोबाइल स्क्रिन बिमा एक्टिभेट गर्न सकिने कम्पनीका चिफ कर्मसियल अफिसर उमेर मोहसिनले बताए । यो सेवा एनसेल एपमार्फत लिन सकिने उनले जानकारी दिए । उनका अनुसार सँधै अन प्याकेजअन्तर्गतकै सेवा भएका विमाका लागि अतिरिक्त शुल्क लाग्दैन । सधैं अनको ३९९ रुपैयाँको प्याकेजमा फरक क्षमता भएका व्यक्तीलाई आजिवन ५० प्रतिशत छुट दिइने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

‘एनसेलको उदेश्यक मुनाफा माात्रै कमाउने होइन, एनसेल नाफाका लागि गरिएको व्यापार होइन,’ सीईओ जाब्बोरले भने, ‘हरेक दिन र हरेक समय धेरै होहल्ला नगरी, शान्त रूपमा गरिरहेका कामहरू पनि हो एनसेल जसलाई धेरैले ध्यान दिएका छैनन् ।’ दूरसञ्चार क्षेत्र अप्ठ्यारो समयबाट गुज्रिरहेको भए पनि धैर्यता र लगावले यो स्थितिबाट अघि बढ्दै समाजमा योगदान पुर्‍याउने र नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई पनि सघाउने एनसेलको उद्देश्य रहेको उनको भनाइ थियो ।

२०६१ भदौ १६ गते स्थापना भएको एनसेल त्यो बेला मेरो मोबाइल नामले चिनिन्थ्यो । त्यसको चार वर्षपछि स्वीडेनको टेलिया सोनेरा कम्पनीले खरिद गरेर यसलाई एनसेल नामबाट सञ्चालन गरी ब्रान्ड स्थापित गरेको थियो ।

प्रकाशित : आश्विन १, २०८१ १३:५२
x
×