कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

लिस्नु कप फुटबलमा वालिङ युनाइटेड विजयी

भाद्र २८, २०८१
लिस्नु कप फुटबलमा वालिङ युनाइटेड विजयी

भैरहवा — लिस्नु नकआउट फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवार भएको खेलमा वालिङ युनाइटेड स्याङ्जाले नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठूटीपिपल रुपन्देहीलाई ३–२ गोलको अन्तरले पराजित गरेको छ ।

तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पशुपति उच्च माविको खेल मैदानमा संचालित प्रतियोगितामा वालिङ युनाइटेडको तर्फबाट विश्व थापा, संजय राना र अतिश थापा मगरले १/१ गोल गरेका थिए । नवयुवाको तर्फबाट आयुष ग्लानले १ मात्र गोल फर्काउन सफल भएका थिए ।

वालिङका युनाइटेडका क्षितीजराज जिटी उत्कृष्ट खेलाडीका रुपमा ‘मेन अफ दी म्याच’ घोषित भए ।

शनिबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल झरना स्पोर्ट्स क्लब रुपन्देही र पाल्पा–११ बीच हुने छ ।

प्रकाशित : भाद्र २८, २०८१ २२:४१
×