कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

अन्तरबैंक फुटसल हुने

आश्विन २, २०८१

काठमाडौँ — नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा असोज ३ देखि ५ सम्म दोस्रो अन्तरबैंक फुटसल प्रतियोगिता हुने भएको छ । ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच हुने प्रतियोगितामा महिलातर्फ २३ र पुरुषतर्फ ३७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

राष्ट्र बैंकसहित १९ वाणिज्य, १० विकास बैंक तथा ६ वित्त कम्पनी सहभागी हुने कर्मचारी संघका अध्यक्ष प्रकाश पोखरेलले जनाए ।

महिला र पुरुषतर्फ विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार र ट्र्रफी जित्नेछन् । पुरुषमा एनआइसी एसिया र महिलामा ग्लोबल आइएमई बैंक साबिक विजेता हुन् । मुख्य प्रायोजक प्रभु बैंक रहेको छ ।


प्रकाशित : आश्विन २, २०८१ ०६:०६
x
×