छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा पुग्दा नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा पुगेका छन् । नाकामा स्वास्थ्य जाँच र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी नहुँदा भारतबाट फर्किएका नेपाली सिधै घर पुग्दा संक्रमणले भयावह रूप लिने जोखिम बढेको छ ।
कोभिड–१९ संक्रमणको दोस्रो लहरले भारतका विभिन्न सहर पुनः प्रभावित हुँदै गर्दा सुनौली–भैरहवा नाकामा भने जाँचमा कडाइ छैन । हेल्थ डेस्क राखिएको छ तर भारतबाट नेपाल पस्ने सबैको अनिवार्य ज्वरो जाँचमा भने सक्रियता देखिएको छैन ।
भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ । मुलुकका अधिकांश जिल्लाबाट भारत आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ ।
भैरहवा क्षेत्रका उद्योगलाई क्षमताअनुरूप उत्पादन गर्न विद्युत् अभाव भएको छ । केही दिनदेखि उद्योगहरूले चाहिएजति विद्युत् नपाएपछि उत्पादन कटौती गर्न बाध्य भएका हुन् । व्यवसायीका अनुसार फागुनको तेस्रो सातादेखि विद्युत् आपूर्ति प्रक्रिया बारम्बार अवरुद्ध भई भोल्टेज तलमाथि (ट्रिपिङ) हुन थालेको छ । यसले उद्योग सञ्चालन असहज र उत्पादन लागत महँगो पर्न थालेको उनीहरूको भनाइ छ ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा रोकिएका उपकरण जडानको काम बल्ल चलिरहेको छ । कोभिड–१९ संक्रमण सुरु भएपछि विदेशी विशेषज्ञसहितका प्राविधिक आउन नसक्दा उपकरण जडान एक वर्षभन्दा लामो समयदेखि रोकिएको थियो ।
कोरोना संक्रमणको जोखिम बढेसँगै लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ गरिने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ गरिने भएको छ ।
मुलुककै पहिलो निर्यातमुखी परियोजना भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) अझै सञ्चालनमा आउन सकेको छैन । नमुना सेज भन्दै प्रायः मन्त्री झन्डा फहराउँदै निरीक्षणका लागि आउने र पूर्ण सञ्चालनमा नआउँदै आफ्नो नाम शिलालेखमा उल्लेख गर्न हतारिने परिपाटीले दुई दशक हुनै लाग्दा पनि भैरहवा सेज समयमै सम्पन्न हुन सकेको छैन ।