कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

भैरहवा — सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२  का लागि आइतबार नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

नगरपालिकाको १६ औं नगरसभा तथा अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजिनक गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा नीति तथा कार्यक्रम र बजेट केन्द्रित छ ।

सिद्धार्थनगर नगरपालिकाले आव २०८१/०८२ का लागि १ अर्ब ४ करोड २५ लाख ५४ हजार रुपैयाँको बराबरको बजेट विनियोजन गरेको छ ।

बजेटमा संघीय सरकारबाट समानीकरण अनुदानमा १८ करोड २८ लाख, ससर्त अनुदानबाट २८ करोड १२ लाख ६७ हजार, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान १ करोड ६० लाख, राजस्व बााडफाड ११ करोड ८ लाख १ रुपैयाँ र प्रदेश सरकारवाट वित्तीय समानीकरण अनुदान १ करोड ३० लाख ९२ हजार प्राप्त हुने उपप्रमुख अधिकारीले बताइन् ।

शसर्त अनुदान १ करोड १० लाख ६२ हजार, समपुरक अनुदान १ करोड ५ लाख, विशेष अनुदान २० लाख, राजश्व बाँडफाँट ७७ लाख ९ हजार, मालपोत कार्यालयबाट प्राप्त हुने राजश्व बाँडफाँटको रकम ५ करोड ५० लाख, आन्तरिक राजस्व २४ करोड ९५ लाख, अनुमानित बैंक मौज्दात ८ करोड ७८ लाख २३ हजार ९ सय ९९ गरीे जम्मा १ अर्ब ४ करोड २५ लाख ५४ हजार रुपैयाको बजेट प्रस्तुत गरिएको हो ।

वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका प्राथमिकताका कार्यक्रमहरू कार्यान्वयन गर्न संघीय सरकार प्रदेश सरकार र दातृ निकायहरू निजी क्षेत्रसग सहकार्य र समन्वय गरिने जनाइएको छ ।

यस अघि नगरप्रमुख इश्तियाक अहमद खानले १ सय ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख खानले ‘कृषि पर्यटन, उद्योग व्यापार र शिक्षा : हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने नगरपालिकाको दिर्घकालीन सोचलाई साकार पार्ने गरि नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

नीति तथा कार्यक्रममा नगरपालिकामा सुशासन कायम, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच, समावेशी विकास, कृषिको आधुनिकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग व्यापार क्षेत्रको बिस्तार र विविधिकरण, दिगो विकास, वातावरण तथा पर्यावरणमा संरक्षण, पूर्वाधार निर्माण र सन्तुलित तथा गुणस्तरीय विकासलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित : असार ९, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×