कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भन्सारद्वारा ८ लाख रुपैयाँ भन्दा बढीको सुर्ती र चुरोट बरामद

माधव ढुंगाना

भैरहवा — भैरहवास्थित एउटा घरको सटरभित्र लुकाएर राखिएको ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको अवैध सुर्ती र भारतीय चुरोट भैरहवा भन्सार कार्यालयले सोमबार बिहान बरामद गरेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार भैरहवाको बुद्धचोक पछाडि सिद्धार्थनगर नपा–९ कठौतियास्थित एउटा घरको सटरभित्रको गोदाममा लुकाएर राखिएको २ सय ८० किलो धूलो सुर्ती, क्लासिक नामको भारतीय चुरोट १ सय १ प्याकेट र कुल लिपसमेतको तयारी सुर्ती १ हजार ८५ प्याकेट बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले उक्त स्थानमा भन्सार छली गरेर भारतबाट भित्र्याइएको अवैध सामान राखिएको सूचना पाएपछि सामेबार बिहान सशस्त्र प्रहरी बलको सहयोगमा छापा हानेर बरामद गरिएको बताए ।

बरामद गरिएको सबै सामानको मूल्य ८ लाख ६० हजार रुपैयाँ भन्दा धेरै रहेको उनले जनाए । सामान राख्ने व्यक्ति भने फरार छन् ।

‘सोधपुछका क्रममा उक्त सटर पूरा परिचय नखुलेको एक व्यक्तिलाई भाडामा दिएको घरबेटीले बताए,’ भन्सार प्रमुख गौतमले भने, ‘फरार रहेको व्यक्तिको खोजी र अनुसन्धान जारी छ ।’

प्रकाशित : असार ३१, २०८१ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×