कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडा अटो सोमा स्किम : बजाजको एनएस ४०० जेडमा १० हजार छुट

भाद्र १३, २०८१
नाडा अटो सोमा स्किम : बजाजको एनएस ४०० जेडमा १० हजार छुट

काठमाडौँ — नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘एनएस ४०० जेड’ मा १० हजार रुपैयाँसम्म छुट दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ मा नयाँ लन्च भएको एनएस ४०० जेड बुकिङ गर्दा उक्त छुट पाइने कम्पनीले जनाएको छ । 

अटो सोमा एनएन २०० जेड बुकिङ गरेका ग्राहकले छुटपछि ५ लाख ४९ हजार ९ सय रुपैयाँ खरिद गर्न सकिने अफर ल्याएको बजाजको मार्केटिङ प्रमुख अमितराज चालिसेले जानकारी दिए । ‘हामीले नाडा स्पेसल अफर ल्याएका हौं । नाडापछि भने सोही मोटरसाइकलको मूल्य ५ लाख ५९ हजार ९ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘हामीले एसेसरिजमा भने सो मोडल किन्ने ग्राहकलाई एक थान हेलमेट दिन्छौं ।’

नाडा अटो सोमा बजाज पल्सर एनएस ४०० जेड लन्च गरिएको हो । ‘नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौं,’ गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘पल्सर ब्रान्ड सधैं पर्फर्मेन्स र इनोभेसनको प्रतीकका रूपमा चिनिन्छ र हामी विश्वास गर्छौं कि नेपाली बजारमा लामो समयदेखि प्रतीक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव कम्पनीको विश्वास रहेको जनाइएको छ । एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन छ । जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ ।

अटो सोकै अवसर पारेर कम्पनीले ट्रायम्फ मोटरसाइकलको स्पिड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेल पनि सार्वजनिक गरेको छ । नेपाली बजारमा किफायती मूल्यमा ब्रिटिस कला भएको ट्रायम्फ ब्रान्डको मोटरसाइकल ल्याइएको कम्पनीका ट्रायम्फ म्यानेजर सागर थापाको दाबी छ ।

प्रकाशित : भाद्र १३, २०८१ ०६:४१
×