कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सिटी एक्सप्रेसको दसैं–तिहार योजना 

आश्विन १, २०८१
सिटी एक्सप्रेसको दसैं–तिहार योजना 

काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं–तिहार लक्षित ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ नामक उपहार योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुई जना ग्राहकले सामसङको स्मार्टफोन र हरेक साता दुई जनाले सामसङ स्मार्ट टीभी पाउनेछन् । उक्त योजना ९० दिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । योजना अवधिभर हरेक दिन १८ जनाले जनही पाँच सय रुपैयाँको वालेट टपअप प्राप्त गर्नेछन् ।

योजनाका एक जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीको भनाइ छ । योजनामा सहभागी हुन सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउनुपर्ने कम्पनीले जनाएको छ । उक्त योजना असोज १ देखि मंसिर ३० सम्म लागू हुनेछ ।

प्रकाशित : आश्विन १, २०८१ ०६:५३
x
×