कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

माई पेको दसैं अफरमा स्कुटर र आइफोन जित्ने सुविधा 

आश्विन ३, २०८१
माई पेको दसैं अफरमा स्कुटर र आइफोन जित्ने सुविधा 

काठमाडौँ — डिजिटल वालेट माई पेले चाडबाडलक्षित ‘माई पे मेला : चाडपर्वको बहार, माई पेमा उपहारै उपहार’ योजना सार्वजनिक गरेको छ । असोज १ देखि मंसिर ३० सम्म चल्ने उक्त योजनामा माई पेका प्रयोगकर्ताले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कार जित्न सक्नेछन् ।

योजनाअन्तर्गत प्रयोगकर्ताले माई पेको कारोबारमा स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा दुई जनाले आइफोन १६, दुई जनाले हिराको औंठी जित्न सकिने अफर रहेको कम्पनीले जनाएको छ ।

साप्ताहिक पुरस्कारमा इयरबड्स, स्मार्टवाच, एनालग वाच, चाँदीको औंठी, सौन्दर्य सामग्री र उपहार तथा छुट भौचर पाउन सकिने कम्पनीले जनाएको छ ।


प्रकाशित : आश्विन ३, २०८१ ०६:५२
x
×