कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एकसाथ चार सहरमा टाटाको पन्च ईभी लन्च

आश्विन ३, २०८१
एकसाथ चार सहरमा टाटाको पन्च ईभी लन्च

काठमाडौँ — टाटाको पन्च ईभी एक साथ चार सहरमा लन्च भएको छ । टाटाको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चितवन, पोखरा, बुटवल र भैरहवामा एकसाथ लन्च भएको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

उक्त गाडीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, ग्राउन्ड क्लियरेन्स १९० मिमि र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्ले गरी सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए ।


प्रकाशित : आश्विन ३, २०८१ ०६:५५
×