कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

पेप्सीकोलामा दिगोको नयाँ सर्भिस सेन्टर 

आश्विन ३, २०८१
पेप्सीकोलामा दिगोको नयाँ सर्भिस सेन्टर 

काठमाडौँ — दिगो ग्रुपले भक्तपुरको पेप्सीकोलामा विद्युतीय गाडी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । योसहित कम्पनीको सर्भिस सेन्टर संख्या तीन पुगेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा कम्पनीले बल्खु र चारदोबाटोमा दिगोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टरले विद्युतीय सवारीसाधनका ब्याट्रीको आधुनिक अनुसन्धान, परीक्षण र मर्मत सेवा प्रदान गर्ने दिगोले बताएको छ ।

दिगोले यस नयाँ सेवाका माध्यमबाट ग्राहकको समय र लागतमा कमी ल्याउन सहयोग पुर्‍याउने विश्वास लिएको छ । ग्राहकको अपेक्षाभन्दा गुणस्तरीय सेवा दिनु आफूहरूको उद्देश्य रहेको दिगो ग्रुपका संस्थापक राजन रायमाझीको भनाइ छ ।


प्रकाशित : आश्विन ३, २०८१ ०६:५३
x
×