कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

विश्व पर्यटन दिवसको सन्दर्भमा नाट्टाद्वारा वृक्षारोपण

आश्विन ३, २०८१
विश्व पर्यटन दिवसको सन्दर्भमा नाट्टाद्वारा वृक्षारोपण

काठमाडौँ — नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ४५औं विश्व पर्यटन दिवसको अवसरमा गोकर्णमा वृक्षारोपण कार्यक्रम गरेको छ । 

वातावरण संरक्षण र कार्बन उत्सर्जनमा कमी ल्याउन भन्दै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । नाट्टाका अनुसार, कार्यक्रम गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद शान्ति पार्कमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाट्टाका पूर्वअध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारी, रोटरी पाटन साउथ, स्मारक संरक्षण समिति लगायतको सहभागिता थियो ।

प्रकाशित : आश्विन ३, २०८१ २०:४६
×