कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

किओचलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५० लाख 

भाद्र ३१, २०८१
किओचलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५० लाख 

काठमाडौँ — नेपाल इन्फ्रास्ट्रक्चर बैंकले काठमान्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत किओचलाई उक्त रकम सहयोग गरेको जनाएको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले काठमान्डु इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।

बैंकबाट प्रदान भएको सो रकम इन्स्टिच्युटले काठमाडौंको बूढानीलकण्ठमा निर्माणाधीन बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने जनाइएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:५४
x
×