कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

आईएमएस सफ्टवेयर र सेल्सबेरीबीच सम्झौता: डिजिटल युगले नेपालको रिटेल क्षेत्रमा थप आयाम

आश्विन १, २०८१
आईएमएस सफ्टवेयर र सेल्सबेरीबीच सम्झौता: डिजिटल युगले नेपालको रिटेल क्षेत्रमा थप आयाम

काठमाडौँ — नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र लिडिङ आईटी सोलुसन प्रदायक कम्पनी आईएमएस सफ्टवेयर प्रा.लिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको रिटेल व्यवस्थापन क्षेत्रलाई अझ मजबुत बनाउने दिशामा दुवै कम्पनीहरूको लागि महत्त्वपूर्ण कदमको रुपमा लिइएको छ । यस समझदारीमा सेल्सबेरीका अध्यक्ष सुशील प्रधानाङ्ग र आईएमएस सफ्टवेयर प्रा.लिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्।

सन् १९९३ साल पोखरामा स्थापना भएको सेल्सबेरी, जुन सुरुवातमा सेलवेज डिपार्टमेन्ट स्टोरको नामबाट परिचित थियो, नेपालको एक प्रख्यात डिपार्टमेन्टल स्टोर हो। सेलवेज क्यास एण्ड क्यारी प्रा. लि. ले सेलवेज ब्रान्डअन्तर्गत १० वटा र सेल्सबेरी ब्रान्डअन्तर्गत २८ वटा गरी कुल ३८ वटा स्टोरहरू सञ्चालन गरिरहेको छ ।

कम्पनीले पोखरामा सेलवेज र काठमाडौंमा सेल्सबेरी ब्रान्डलाई प्राथमिकता दिई आफ्नो व्यापार विस्तार गरिरहेको छ। ग्राहकहरूलाई सुपर स्टोर, प्रिमियम स्टोर र एक्सप्रेस स्टोर जस्ता विभिन्न स्टोरहरू मार्फत किराना सामान, सौंदर्यका उत्पादन, भान्साका सामान, इलेक्ट्रोनिक्स, कपडा र अन्य दैनिक उपभोग्य वस्तुहरूको बिक्रीवितरण, गर्नुको साथसाथै ग्राहक सेवाप्रति प्रतिबद्धताका साथ, नेपालमा एक उत्कृष्ट रिटेल स्टोर बनेको छ।

सन् २००० सालमा स्थापना भएको आईएमएस सफ्टवेयर प्रा. लि ले स-साना, ठूला र सबै प्रकारका व्यवसायहरूको आवश्यकता अनुरुप आईटी सोलुशन विकास गर्दै आएको दुई दशकभन्दा बढीको अनुभव भएको कम्पनी हो । यसका आईटी सोलुसनले डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरू लगायत विभिन्न उद्योगहरूलाई समेट्छ । नेपाल, भारत, मलेसिया, यूएई, बेलायत र जापान गरी २०,००० भन्दा बढी ग्राहकहरूको साथ, आईएमएस सफ्टवेयर आफ्नो सफ्टवेयर सोलुसनमार्फत अद्भुत सेवा प्रदान गर्ने कम्पनीको रूपमा स्थापित भएको छ ।

यस समझौतापत्रले सेल्सबेरीको सञ्चालनमा नयाँ आयाम थपेको छ । आईएमएस सफ्टवेयर, सेल्सबेरीको पहिलो सेवा प्रदायक कम्पनी रहेकोमा पुन जोडिनु भएको छ । आईएमएस सफ्टवेयरमार्फत विशेष गरी सामान व्यवस्थापन, कुइक बिलिङ, लोयल्टी स्किमका सुविधा र लेखा प्रक्रियाहरूलाई प्रभावकारी रुपमा लेखाजोखा गर्ने सुविधाहरु प्रदान गर्दछ।

यसैगरी, सेल्सबेरीको ब्रान्ड पहिचानले आईएमएस सफ्टवेयरको लागि राम्रो अवसरको रूपमा काम गर्नेछ । यस सहकार्यले आईएमएस सफ्टवेयर मार्फत रिटेल उद्योगभित्र व्यापक ग्राहकहरूलाई आफ्नो समाधानहरूको प्रभावकारी भूमिका प्रदान गर्ने अवसर मिल्नेछ । यो पारस्परिक लाभदायक सम्बन्धले नयाँपन र वृद्धिलाई प्रोत्साहन गर्दछ, दुवै कम्पनीहरूले नेपालको रिटेल क्षेत्रको व्यवस्थापन गरी सहयोग पुर्‍याउने छ ।

प्रकाशित : आश्विन १, २०८१ १२:४१
x
×