कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

गण्डकीको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त

भाद्र २८, २०८१
गण्डकीको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त

पोखरा — गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो । उनी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन् । 

प्रेस रजिस्ट्रारको कार्यकाल चार वर्षको रहेको छ । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० मा प्रेस रजिस्ट्रार नियुक्तिको व्यवस्था छ । पत्रकार महासंघको अध्यक्षमा देशभरमै निर्वाचित दुई जिल्ला अध्यक्षमध्ये उनी एक हुन् । महासंघको तीन वर्षको कार्यकालमा उनले कास्की शाखामा उदाहरणीय काम गरिन् । उनको कार्यकालमा कास्की शाखामा ई–लाइब्रेरी, स्रोत केन्द्र स्थापना भएका छन् ।

रेडियोबाट पत्रकारिता थालेकी उनले २५ वर्ष यस क्षेत्रमा बिताएकी छन् ।


प्रकाशित : भाद्र २८, २०८१ २१:४७
×