कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

नाडा अटो सो : विद्युतीय गाडीमा आकर्षण [तस्बिरहरू]

विमल खतिवडा, तस्बिर : दीपक केसी

काठमाडौँ — १६औं संस्करणको नाडा अटो सो मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । अटो सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी १ सय ३० वटा स्टल राखिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोमा २४ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरु राखिएको छ । ३३ वटा लुब्रिकेन्ट्स, टायर, व्याट्री लगायतका कम्पनीहरु छन् । अटो शोका संयोजक अनुप बरालका अनुसार समग्र स्टलमध्ये ८० प्रतिशत विद्युतीय सवारी साधनको सहभागिता छ । प्रर्दशनीमा विद्युतीय पिकअप भ्यानहरु पनि राखिएको छ । अटो शोमा आफूलाई मन परेको सवारी साधन बुकिङ गरेर किन्न सकिने छ । चाडबाडको पूर्वसन्ध्यामा आयोजना गरिएको अटोशोमा कम्पनीहरुबीच छुट दिन प्रतिस्पर्धा चल्ने गरेको छ । अटो शो सुरु भएको पहिला दिनमै भृकुटीमण्डप परिसरमा सवारी साधनबारे हेर्न र बुझ्न आउनेकोहरुको भिड लागेको छ । अटो शो १६ गतेसम्म चल्ने छ ।


प्रकाशित : भाद्र ११, २०८१ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्