कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

यसरी हुँदैछ इन्द्रजात्राको तयारी [तस्बिरहरू]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्राको तयारी भइरहेको छ । काठमाडौंको वसन्तपुर क्षेत्र र वरपर जात्राको तयारीका लागि गर्नुपर्ने कार्यहरू अहिले धमाधम भइरहेको छ । रथ तयार गर्ने, सरसफाइ गर्ने जस्ता कामहरू अहिले भइरहेका छन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मत: इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। यसरी लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धुमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ।

प्रकाशित : भाद्र २२, २०८१ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्