नरदेवीमा सुरू भयो इन्द्र जात्रा [तस्बिरहरू]

भाद्र २९, २०८१

तस्बिर : सफलप्रकाश श्रेष्ठ

Indra Jatra begins at Naradevi [Photos]

काठमाडौँ — काठमाडौंको नरदेवीमा इन्द्रजात्रा सुरू भएको छ । उपत्यकाको विशेष पर्व इन्द्रजात्रा भाद्र शुक्ल द्वादसीका दिनदेखि सुरू हुन्छ । तर नरदेवीमा भने अघिल्लो दिन नै इन्द्रको मूर्ति पूजाआराधना गरी इन्द्रजात्राको स्वागत गर्ने चलन छ । काठमाडौंको वसन्तपुर क्षेत्रमा भने आइतबारदेखि जात्रा सुरु हुँदैछ ।

Indra Jatra begins at Naradevi [Photos]

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मत: इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। यसरी लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धुमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ।

Indra Jatra begins at Naradevi [Photos]
Indra Jatra begins at Naradevi [Photos]
Indra Jatra begins at Naradevi [Photos]
Indra Jatra begins at Naradevi [Photos]
Indra Jatra begins at Naradevi [Photos]

तस्बिर

Link copied successfully