कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दलितलाई अधिकार माग्दै युवाहरूद्वारा अर्धनग्न प्रदर्शन [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरेपनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै युवाहरूले शनिबार अर्धनग्न प्रदर्शन गरेका छन् । ३८ दिनदेखि शरीरमा नेल लगाएर काठमाडौंको माइतीघरमा दिनभर धर्ना दिँदै आएका दलित अभियन्ता खगेन्द्र सुनारको समर्थनमा उत्रिएका युवाहरूले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका हुन् । माइतीघरबाट अर्धनग्न र्‍याली निकालेका उनीहरूले बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

दलितका लागि दलित अभियानका संयोजकसमेत रहेका सुनारले मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै साउन २३ गतेदेखि शरीरमा नेल पहिरिएर प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २९, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्