कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

तयार भए भगवान विश्वकर्माका मूर्ति [तस्बिरहरू]

शंकर आचार्य

पर्सा — असोज १ गते नजिकिँदै गर्दा वीरगञ्जमा भगवान विश्वकर्माको मूर्तिको कारोबार सुरू भएको छ । कालीगढले तयार गरेका मूर्तिहरू बजारका सोरुममा देखिन थालेका छन् । विश्वकर्मा पुजाका लागि यहाँ भारतको हरसिद्धी क्षेत्रबाट आएका कुम्हाल जातिका कालीगढहरूले मूर्ति बनाइरहेका छन् ।

तराईमा विशेष गरी कलकारखाना, ग्यारेज, सवारी साधन व्यवसायीहरुले भव्यताका साथ विश्वकर्मा पुजा गर्ने चलन छ ।


प्रकाशित : भाद्र २८, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्