कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

आहा ! तिम्बुङ पोखरी [तस्बिरहरू]

लक्ष्मी गौतम

पाँचथर — समुद्री सतहदेखि ४ हजार ३ सय ५० मिटरको उचाइमा छ तिम्बुङ पोखरी । पाँचथरको याङवरक गाउँपालिका-२ र ताप्लेजुङको सिदिङवा गाउँपालिका-१ लाई किनारा बनाएर बसेको पोखरी क्षेत्रमा छिनमै घाम लाग्ने, छिनमै हुस्सुले ढाक्ने, अनि क्षणभरमै पानी दर्किने गर्छ, जो यस क्षेत्रको प्रमुख विशेषता नै हो ।

टाढाबाट हेर्दा अग्ला अग्ला डाँडाको माझमा खोपिल्टो जस्तो देखिने तिम्बूङ पोखरी पाँचथर र ताप्लेजुङतर्फका थुम्कामा गएर हेर्दा भिन्नाभिन्नै स्वरुपमा देखिन्छ । पाँचथरतर्फको डाँडाको चुचुरामा पुगेर हेर्दा अंग्रेजीमा आठ (ड) आकारमा देखिने पोखरीको आकार ताप्लेलुङतर्फका थुम्कामा पुगेर नियाल्दा समथर चौँडा आकारमा देख्न सकिन्छ ।पोखरी छेउछाउका गोठबाट चर्न आएका चौंरी र भेडा यस क्षेत्रका गहना हुन् ।

पोखरी नजिकैका पत्थर र घाँसे मैदानमा फक्रिने पदमचाल र माइकोपिला सहित विभिन्न प्रजातिका जडीबुटीले तिम्बुको सौन्दर्य झनै खुलाएको महशुस गर्न सकिन्छ । पदयात्राका लागि उत्कृष्ठ गन्तव्यका रुपमा स्थापित हुँदै गएको तिम्बुङ पोखरी धामिर्क पर्यटनका दृष्टिकोणले पनि महत्वपूर्ण छ । तिम्बुङ आसपासमा हाँडी पोखरी, गणेश पोखरी, हाँस पोखरी, मयुर पोखरी, नीर पोखरी र लक्ष्म पोखरीसहित १७ वटा साना ठुला पोखरी छन् ।

यो ठाउॅ पुग्न पाँचथर ताप्लेजुङतर्फबाट दुईवटा बाटो छन् । ताप्लेजुङको बाटो भएर जान पाँचथरको सदरमुकाम फिदिमबाट मेची र मध्यपहाडी राजमार्ग भएर जोरपोखरी, गोपेटार थर्पु, ओयाम र फलैंचा हुँदै सादेवा तरेर कालिखोलाको उकालो चढ्नुपर्छ भने पाँचथरको बाटो भएर जान फालेलुङ वा च्याङथापु दुवैतर्फबाट चिवाभञ्ज्याङ निस्केर पैदल यात्रा गर्नुपर्छ । इलामबाट जान चाहनेले पशुपतिनगरबाट सन्दकपुर फालौट हुँदै चिवाभञ्ज्याङ निस्केर पनि यहाँ पुग्न सकिन्छ । यद्धपि यो बाटो निकै नै लामो छ । पाँचथर र ताप्लेजुङ जहाबाट गएपनि सवारी साधन छोडेर दुई दिनको पैदल यात्रा गर्नु पर्छ ।

प्रकाशित : भाद्र २३, २०८१ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्