कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

तिलोत्तमामा दुर्घटनामा परी एक जनाको मृत्यु

भाद्र २८, २०८१

तिलोत्तमा — रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ शंकरपुरचोकमा 'छोटा हात्ती' गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका एक जनाको मृत्यु भएको हो । 

शुक्रबार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८२ नम्बरको छोटा हात्तीले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका तिलोत्तमा–७ सेमरा बजारका ६८ वर्षीय तेजबहादुर गुरुङको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तिलोत्तमा–१० नमुना स्कुल बस्ने वर्ष ६४ का लिलबहादुर कामुमगरको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए । ठक्कर दिने छोटा हात्ती र चालकलाई नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको उनले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ २२:५०
×