कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडा अटो सोमा स्किम : हुन्डाईका गाडीमा १० लाखसम्म छुट

भाद्र १४, २०८१
नाडा अटो सोमा स्किम : हुन्डाईका गाडीमा १० लाखसम्म छुट

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बित्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको गाडी खरिदमा १० लाख रुपैयाँसम्म छुट दिने भएको छ । ग्राहकले हुन्डाईका विभिन्न १० मोडलका गाडी किन्दा १ लाखदेखि १० लाख रुपैयाँसम्म छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यसका लागि कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो–२०२४’ लाई लक्ष्य गर्दै हालै मात्र फेस्टिभ लिडाइट २०८१ योजनासमेत ल्याएको छ । सोही योजनाअनुसार हुन्डाईका क्रेटाको २०२३ र २०२४ भर्सन, नियोस, आयोनिक ५, स्यान्टा फे, प्यालिसेड, कोना, टुसान, एक्सटर र भेन्यु गाडी खरिदमा छुट पाइने कम्पनीका मार्केटिङ म्यानेजर सन्दीप शर्माले जनाए ।

‘योजनाअन्तर्गत एक जना विजेताले लक्की ड्रमार्फत मेड इन नेपाल हुन्डाई भेन्यु जित्न सक्ने अवसर छ,’ शर्माले भने, ‘स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि योजनामा छ ।’

नाडा अटो सोमा आएर हुन्डाईका गाडी बुकिङ गर्ने ग्राहकले मात्र बोसको मिक्सचर प्राप्त गर्नेछन् । अटो सोमा आएर बुकिङ गरिएका गाडी भने छठसम्म खरिद गरिसक्नुपर्ने कम्पनीको सर्त रहेको उनी सुनाउँछन् ।

प्रकाशित : भाद्र १४, २०८१ ०६:४२
×