कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडा अटो सोमा स्किम : दिपल र नामीमा नाडा बुकिङ अफर

भाद्र १४, २०८१
नाडा अटो सोमा स्किम : दिपल र नामीमा नाडा बुकिङ अफर

काठमाडौँ — नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी र नामी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो सो २०२४ विशेष अफर ल्याएको छ ।

अटो सोमा आएर दिपल र नामी गाडी बुकिङ गर्दा सात किलोवाटको चार्जर पाइने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ तिरेर गाडीको बुकिङ गर्नुपर्नेछ ।

‘हामीले दिपल एस०७ इलेक्ट्रिक एसयूभी भर्खरै बिक्री सुरु गरेका थियौं । छोटो समयमै पाएको सफलतापछि फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानका लागि नाडा अटो सो केन्द्रित ग्राहक स्किम बिग ब्याङ अफर ल्याएका छौं,’ दिपल गाडीका मार्केटिङ हेड रमेश दनेखुले भने, ‘नाडा अटो सोमा आएर बुकिङ गरी गाडी किन्ने ग्राहकले ७ किलोवाटको चार्जर, ३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको निःशुल्क सडक कर र फ्री होम इन्स्टलेसनको सुविधा छ ।’

यसैगरी, चांगानले नाडा अटो सोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई सात वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा खरिद गर्न सकिने अफर रहेको उनले सुनाए । नाडामा आएर नामी बुकिङ गर्ने ग्राहकले ७ किलोवाटको चार्जर पाउने नामीका मार्केटिङ प्रमुख विराज श्रेष्ठले बताए । कम्पनीले नामीका तीन मोडल ई वान, ई टु र ई थ्री सार्वजनिक गरेको छ ।

प्रकाशित : भाद्र १४, २०८१ ०६:४१
×