कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

झापामा छुरा प्रहार गरी किशोरीको हत्या 

भाद्र २८, २०८१

झापा — झापामा छुरा प्रहार गरी शुक्रबार किशोरीको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा शुक्रबार साँझ छुरा प्रहार गरी किशोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया किशोरी मनिषा लोहार अस्थायी रुपमा विर्मामोडमा बस्दै आएकी थिइन् । किशोरीमाथि कैलालीको गौरीगंगा-३ का २० वर्षीय अनिल विकले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गरी भागेका उनलाई स्थानीयले कुटपिटसमेत गरेका छन् । उनी घाइते छन् ।

उनको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रेम सम्बन्धमा आएको दरारका कारण युवतीमाथि छुरा प्रहार भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।


प्रकाशित : भाद्र २८, २०८१ २१:५१
×