कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

इटहरीमा २१ करोडको सभागृह बन्दै

आश्विन १, २०८१
इटहरीमा २१ करोडको सभागृह बन्दै

इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिकाभित्र २१ करोडभन्दा बढी बजेट खर्चिएर अत्याधुनिक सभागृह बन्ने भएको छ । 

इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले मंगलबार सभागृह निर्माणको शिलान्यास गरे । ‘इटहरीमा व्यवस्थित सभागृह बनाउने कुरा चुनावी घोषणापत्रमा उल्लेख गरेको थिएँ’, शिलान्यासपछि पौडेलले भने,‘चुनावमा जनाएको प्रतिबद्धता पूरा गर्ने अभियानमा लागेको छु ।’

इटहरीमा अहिलेसम्म व्यवस्थित सभागृह छैन । जसका कारण नगरले आफ्नो वार्षिक कार्यक्रम गर्न हल भाडामा लिनु पर्ने बाध्यता छ । ‘त्यही कारण इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्दै ड्रिम प्रोजेक्टको रूपमा सभागृह निर्माण थालनी गरेको हो’, पौडेलले भने ।

सभागृह निर्माणको ठेक्का झापाको दमकस्थित भगवती जे एन्ड जेभी कम्पनीले पाएको छ । २० करोड ९५ लाख ९५ हजार रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिका-५ स्थित काव्यवाटिकाको १७ हजार ८ सय ३ स्क्वायर फिट क्षेत्रफलको जमिनमा सभागृह निर्माण हुनेछ । पाँच सय दर्शक क्षमताको हल तीन तले हुने छ ।


प्रकाशित : आश्विन १, २०८१ १८:५५
x
×