कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पाँचथर र इलाम फाइनलमा 

भाद्र २८, २०८१
पाँचथर र इलाम फाइनलमा 

पाँचथर — रानिटारस्थित बराजु रङ्गशालामा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगितामा पाँचथर फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा प्रतिस्पर्धी देउमाइ फुटबल क्लवलाई ३–२ गोल अन्तरले हराउँदै पाँचथरले फाइनल यात्रा सुरक्षित गरेको हो ।

उपाधिका लागि अब पाँचथरले शनिबार इलाम फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बाल दिवसका अवसरमा रानीटार यूनाइटेड क्लवले आयोजना गरेको प्रतियोगिता भदौ २६ गते चलिरहेको छ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आठ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५१ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र २८, २०८१ २०:४१
×