कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह : कसैले दु:ख दिए सरकारलाई भन्नुस्

भाद्र ११, २०८१
व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह : कसैले दु:ख दिए सरकारलाई भन्नुस्

काठमाडौँ — कसैले दु:ख दिए मन्त्री र सरकारलाई भन्न अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीसँग आग्रह गरेका छन् । मंगलबार नाडा अटो सोको उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले व्यवसायीलाई नीतिगत सहयोग गर्न तयार रहेको बताएका हुन् । 

'यो सरकारले नीतिगत सुनिश्चितता गर्ने छ,' उनले भने, 'तपाईंहरूले ट्रेडिङबाट उद्योगतिर सिफ्ट गर्ने कुरा गर्नु भएको छ, यसमा सरकारले सहयोग गर्न तयार छ ।' गुणस्तरीय वस्तु उत्पादन गरेर अन्तर्राष्ट्रिय बजार सुरक्षित गर्नुपर्ने व्यवसायीलाई अर्थमन्त्री पौडेलको सुझाव छ ।

गुणस्तरीय र सुरक्षित सडक पूर्वाधार निर्माणमा सरकार सचेत रहेको उनले बताए । 'अटोमोबाइल्स क्षेत्रले राजस्वमा राम्रो योगदान दिएकोमा प्रशंसा गर्न चाहन्छु,' उनले भने ।


प्रकाशित : भाद्र ११, २०८१ ११:४९
x
×