कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कुन-कुन खेलाडीले पाए पल्सर स्पोर्ट्स अवार्ड ?

भाद्र २८, २०८१
कुन-कुन खेलाडीले पाए पल्सर स्पोर्ट्स अवार्ड ?

काठमाडौँ — एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

तेक्वान्दोकी पाराओलम्पिक पदक विजेता पलेशा गोवर्द्धन श्रेष्ठले उत्कृष्ट पारा एथलिट अवार्ड पाएकी छन् । नेपाली महिला कबड्डी टोली यो वर्षको उत्कृष्ट टोली घोषित भएको छ । त्यस्तै, भारोत्तोलनका हेमन्त पाल यो वर्षको उत्कृष्ट युवा खेलाडीकारुपमा पुरस्कृत भएका छन् ।

कसले के पाए ?

  • तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठ - उत्कृष्ट पारा एथलिट अवार्ड
  • नेपाली महिला कबड्डी : वर्षको उत्कृष्ट टोली
  • भारोत्तोलनका हेमन्त पाल : वर्षको उत्कृष्ट युवा खेलाडी
  • करातेकी एरिका गुरुङ : वर्षको उत्कृष्ट महिला खेलाडी
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल : वर्षको उत्कृष्ट पुरुष खेलाडी
  • प्रशिक्षक कुशल श्रेष्ठ : वर्ष २०८० को सर्वोत्कृष्ट प्रशिक्षक
  • न्यु डायमण्ड क्लबका स्वयंसेवक प्रशिक्षक कुमार राई : स्पेशल अवार्ड
  • नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट : पिपल्स च्वाइस अवार्ड
  • दक्षिण कोरियाका हि डोङ जोङ : एशियन स्पोर्टस् जर्नालिस्टको अवार्ड
  • क्रिकेटका सारथि विनयराज पाण्डे : लाइफटाइम एचिभमेन्ट अवार्ड






प्रकाशित : भाद्र २८, २०८१ २०:१९
×