कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडा अटो सोमा स्किम : टाटाका गाडी किन्दा थाइल्यान्ड र टर्की घुम्ने सुविधा

भाद्र १४, २०८१
नाडा अटो सोमा स्किम : टाटाका गाडी किन्दा थाइल्यान्ड र टर्की घुम्ने सुविधा

काठमाडौँ — नेपालस्थित टाटा मोटर्सको आधिकारिक बित्रेता सिप्रदी ट्रेडिङले टाटाको विभिन्न मोडलका गाडी खरिद गर्ने ग्राहकका लागि टुर अफर ल्याएको जनाएको छ । सिप्रदीले उक्त टुर अफर काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सो–२०२४ का अवसरमा ल्याएको हो ।

टाटाको पन्च ईभी, आईसीई पन्च, टियागो ईभी, टिगोर ईभी र आईसीई नेक्सन गाडी बुकिङ गरी खरिद गर्दा छुट तथा भ्रमणको अवसर पाउन सकिने कम्पनीका सिनियर सेल्स म्यानेजर निर्मल खत्रीले जानकारी दिए । छुट तथा भ्रमणका अवसर पाउन भने ग्राहकले नाडा अवधिभर टाटाको उक्त मोडलका गाडी बुकिङ गर्नुपर्ने सर्त रहेको उनले बताए ।

‘टुरका लागि नाडा अटो सो अवधिभर टाटाका गाडी बुकिङ गर्नुपर्छ,’ खत्रीले भने, ‘ग्राहकले नाडा अटो अवधिभरमा न्यूनतम ५ हजार रुपैयाँ बुझाएर गाडी बुकिङ गर्नुपर्छ । बुकिङ गरिएका गाडी भने ग्राहकले दसैंसम्म खरिद गर्नुसक्नुपर्नेछ ।’

कम्पनीको योजनाअनुसार टियागो ईभी र टिगोर ईभी बुकिङ गरी खरिद गर्ने ग्राहकले जोडी थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् । आईसीई (पेट्रोल तथा डिजेल) नेक्सन र पन्च गाडी किन्ने ग्राहकले जोडी टर्की भ्रमणको मौका पाउनेछन् ।

प्रकाशित : भाद्र १४, २०८१ ०६:४०
×