कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडा अटो सोमा स्किम : स्काइवेलका गाडीमा पाँच लाख छुट अफर

भाद्र १३, २०८१
नाडा अटो सोमा स्किम : स्काइवेलका गाडीमा पाँच लाख छुट अफर

काठमाडौँ — नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले स्काइवेल ब्रान्डका विद्युतीय गाडीमा पाँच लाख रुपैयाँसम्म नगद छुट दिएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ को अवसर पारेर सो छुट अफर ल्याएको हो । 

स्काइवेल ब्रान्डका तीन मोडलका गाडीमा छुट अफर रहेको जी मोटर्सका कार्यकारी निर्देशक पारशमणि गेलालले बताए । ‘हामीले नाडा अटो सोलाई भनेर नै भारी छुट योजना ल्याएका छौं,’ उनले भने, ‘नाडा सो अवधिभरमा बुकिङ गर्ने ग्राहकले न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि अटो सो सञ्चालन गरिरहेको छ । सुरु दिनमै जी मोटर्सले स्काइवेलको नयाँ मोडल ‘स्काइवेल बी ११’ सार्वजनिक गरेको हो । यसैगरी प्रदर्शनमा स्काइवेल बी ११ का ४१० किलोमिटर रेन्ज तथा ५२० किलोमिटर रेन्च गरी दुई भेरिएन्ट र ६२० किलोमिटर रेन्जको स्काइवेल ईटी ५ रहेको कम्पनीले जनाएको छ । कम्पनीले अटो सो विशेष अफरमा स्काइवेलका यी तीनै मोडलका गाडीमा छुट उपलब्ध छन् । नगद छुटका

लागि भने ग्राहकले अटो सो अवधिभर न्यूनतम एक लाख रुपैयाँ जम्मा गराएर बुकिङ गर्नुपर्छ । अटो सोमा बुकिङ गर्दा उपलब्ध हुने छुट छठसम्म मान्य हुने गेलालले जनाए ।

अटो सोमा रहेको स्काइवेलको तीनै मोडलका गाडीमा १५० किलोवाटको मोटर छ । स्काइवेल बी ११ ले ४१० किलोमिटर रेन्ज दिने एक भेरिएन्टको मूल्य ७५ लाख ९० हजार र ५२० किलोमिटर रेन्ज प्रदान गर्ने अर्को भेरिएन्टको मूल्य ८५ लाख ९० हजार रुपैयाँ छ । स्काइवेल ईटी ५ को मूल्य भने १ करोड १० लाख रुपैयाँ छ । यी तीनै गाडीको मूल्य भने अटो सो अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

‘यी तीनै मोडलका गाडी कच्ची सडकका लागि उपयुक्त छ । यसमा सुरक्षाका लागि ६ वटा एयर ब्याग छन् । इमर्जेन्सी एक्जिट डुअर र हाइड्रोलिक ब्रेक सिस्टम छ,’ उनले गाडीको विशेषताबारे जानकारी दिँदै भने, ‘साथै यी गाडीहरूमा म्यानुअल, रिमोट र लेग सेन्सर गरी तीन तरिकाले टेल गेट खोल्न सकिने विशेषता छ । आकस्मिक समयमा कुनै अर्को ईभी गाडीलाई चार्ज दिनुपर्‍यो भने यसबाट दिन सकिन्छ ।’ यी गाडीहरू आधा घण्टाभित्र ३०–८० प्रतिशतसम्म छिटो गतिमा चार्ज हुने उनले बताए ।

प्रकाशित : भाद्र १३, २०८१ ०६:४२
×