कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।' बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो ।

सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली


कति बेला के भयो ?

११ :११ बजे - सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान

११:१५ : जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत पायो ।

११:३४ : जहाजका क्याप्टेन एमआर शाक्यको घटनास्थलबाट उद्धार ।

११:४० : दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।

११:५० : चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।

११:५१ : दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो ।

प्रकाशित : श्रावण ९, २०८१ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×