विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

श्रावण ११, २०८१

रासस

Pilot Shakya's health improved

काठमाडौँ — काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । 

कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको जानकारी दिइन् ।

'ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ', उनले भनिन्, 'घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।'  यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको थियो । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

रासस

Link copied successfully