त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेवैको करिब ९१ रोपनी सरकारी जग्गामा होटल बनाउन दिने सरकारको तयारी सरासर अनुचित छ । जग्गा भाडामा दिनकै लागि सरकारले विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट त्यहाँ बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्धार गणलाई हटाउन खोज्नु मुलुकका लागि घातक हुन सक्छ ।
पटक–पटक मानवीय क्षति हुने गरी दुर्घटना हुँदा पनि कोइलाखानीमा कुनै सुरक्षा मापदण्ड नअपनाइनु सरकार तथा खानी सञ्चालकहरूको चरम हेलचेक्र्याइँ हो । केवल निमुखा कामदारहरू संलग्न रहने भएकैले यस्तो बेवास्ता गरिएको हो भने त झन् यो गैरजिम्मेवारीको पराकाष्ठा मात्रै होइन, आफैंमा आपराधिक सोच पनि हो ।
पशुपतिनाथ मन्दिरभित्र शिवलिंगमा सुनको जलहरी राख्ने विषय यसै पनि विवादास्पद थियो । सोमबार त सर्वोच्च अदालतले पनि छलफलको टुंगो नलागेसम्म जलहरी लगाउने कार्य नगर्नू/नगराउनू भन्दै अन्तरकालीन आदेश जारी गरेको छ । तैपनि पशुपति क्षेत्र विकास कोषले त्यहाँ बिहीबार ९६ केजी सुन लगाइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई बदर गरी देशलाई पुनः मूलबाटोमा ल्याइदिएर सर्वोच्च अदालतले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेको छ ।
संविधानले स्पष्टसँग निषेध गर्दागर्दै पनि शासकीय महत्त्वाकांक्षाले मैमत्त भई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नै अहम्को धारा’ टेकेर गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएर देशमा संवैधानिक सर्वोच्चता र संविधानवादको रक्षा गरेको छ ।
सुन्दै लाज लाग्ने कुरा छ– मन्त्रालयमा बसेर तुलनात्मक हिसाबले आरामदायी जागिर खाएकाहरूले कात्तिकसम्मकै कोभिड महामारीको जोखिम भत्ता बुझिसके तर खास खतरा मोलेर उपचारमा खटिएकाहरू अझै रित्तो हात छन् ।
मूलधारको राजनीतिबाट अलग रहेर बेलाबखत हिंसात्मक घटनासमेत गर्दै आएको नेत्रविक्रम चन्द समूह र सरकारबीच वार्ताको वातावरण बन्दै जानु स्वागतयोग्य छ । यसका लागि सरकारले दुई वर्षअघि उक्त समूहको गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिरहेको बताइएको छ ।
‘नेपाल जलस्रोतमा धनी छ’ भनेर हामी कहिल्यै थाक्दैनौं । हुन पनि, मुलुकका हिमाली र पहाडी क्षेत्र भएर साना–ठूला करिब ६ हजार नदीनाला बग्ने गर्छन् । तर, यही भेगका कति नागरिकका लागि पिउने पानीकै पनि अति संकट छ । पानी अभावमै बसाइँ नै हिँड्नुपर्नेसम्मको दयनीय अवस्था छ ।
ठीक ७० वर्षअघि आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो । क्रान्तिमार्फत एक शताब्दी पुरानो जहानियाँ राणा शासनलाई ढालेर नेपालीहरू रैतीबाट प्रजा बनेका थिए । नेपालमा आजपर्यन्त भएका सम्पूर्ण राजनीतिक उपलब्धिहरूको मूल जग त्यही क्रान्ति थियो ।
इन्धन महँगो हुनु भनेको धेरै थोकको भाउ उच्च हुनु हो । हाम्रोजस्तो विद्युतीय गाडी त्यति प्रयोगमा आइनसकेको, विद्युतीय रेल बन्दै नबनेको र जल यातायात हुँदै नभएको मुलुकमा त झन् उपभोग्यलगायतका सामग्रीहरूको भाउ घटाउने–बढाउने एउटा साँचो नै पेट्रोलियम पदार्थको मूल्य हो ।