कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सौर्य जहाज दुर्घटना : ५ वटा शव अन्त्येष्टिका लागि लगियो, क्षतिपूर्तिको कुरा नमिल्दा अधिकांशको बाँकी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार र सौर्य एयरलाइन्सले क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नलगाउँदा जहाज दुर्घटनामा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन् । केहीले मात्रै शव बुझेका छन् ।

सौर्य जहाज दुर्घटना : ५ वटा शव अन्त्येष्टिका लागि लगियो, क्षतिपूर्तिको कुरा नमिल्दा अधिकांशको बाँकी

शव परीक्षण सकिएकाले आजै आफन्तलाई बुझाउने भनिए पनि क्षतिपूर्तिको विषयमा अझै सहमति हुन नसकेको हो । महाराजगन्ज प्रहरी वृत्तका डीएसपी अमर थापाका अनुसार ५ वटा शव भने अन्त्येष्टिका लागि लगिएको छ । उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका डीएसपी थापाले बताए ।

शव बुझ्ने हतारोमा मृतकका आफन्तहरु शिक्षण अस्तापलमा जम्मा भएका छन् । केही मृतकका परिवार तथा आफन्तले भने शव हेर्न भित्र बोलाएर जबर्जस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न गराउन लगाएको आरोप समेत लगाएका छन् ।

शुक्रबार अपराह्नसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

बुधबार बिहान ११:११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमान चालक मनिषरत्न शाक्यको भने काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×