नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध संसारको अन्य कुनै मुलुकमा नरहेको दाबी गरेका छन् । भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएको योजनाहरुको शुक्रबार राजविराजमा उद्घाटन गर्दै राजदूत श्रीवास्तवले दुई देशको मैत्रीपूर्ण समबन्ध अझै प्रगाढ बनाउन सबैको योगदान हुनुपर्ने बताए ।
नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका छन् । सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएको बताए ।
सुदूरपश्चिमका अधिकांश बजार रात छिप्पिन नपाउँदै सुतिहाल्छन् । तर, भीमदत्त राजमार्गमा पर्ने खानीडाँडा मात्रै प्रदेशको एक्लो त्यस्तो बजार हो, जुन रातभर गुल्जार रहन्छ । मध्यरातमा यहाँका होटलबाट कुखुराको सुप, खसीको मासुदेखि फापरका रोटीको बास्ना आइरहेको हुन्छ ।
नेपाली भूमिमा नेपाल सरकारका अधिकारी, ठेकेदार र प्राविधिकलाई काम गर्न भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी–१ स्थित भन्सार कार्यालयअगाडि सडकछेउमा बगिरहेको जिता नदीको कटानबाट सडकलाई जोगाउन जाली क्रेटिङ गर्ने कार्यलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनयर सञ्जयकुमार ठाकुरले जानकारी दिए ।
छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक मृत भेटिएका छन् । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे सेवा पछिल्लो चार दिनदेखि रोकिएको छ । अस्पतालको भिडियो एक्सरे सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीहरुलाई अस्पताल बाहिर महँगोमा भिडियो एक्सरे सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।