२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दीपक केसी

दीपक केसीका लेखहरु :

जहाज दुर्घटना : अस्पताल परिसरमा शोकाकुल आफन्त

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम सुरु भएको छ । अस्पतालबाहिर मृतकका आफन्त र स्थानीय भेला भएका छन् । दुर्घटनामा नातेदार गुमाएर शव कुरिरहेका आफन्तहरू अस्पताल परिसरमा विक्षिप्त छन् ।

निजी पम्पमा मजदुरको आन्दोलन, इन्धन भर्नेको घुँइचो [तस्बिरहरू]

पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् । हेर्नुहोस्, काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प बाहिरको सोमबारको दृश्य :

नेपाल-नेदरल्यान्ड्स खेल हेर्न टुँडिखेलमा ओइरिए दर्शक [तस्बिरहरु]

आईसीसी ट्वान्टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सबीच खेल जारी छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । ग्राण्ड प्रेरी रंगशालामा नेपाली र अन्य खेलको उल्लेख सहभागिता देखिएको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले ठूलो स्क्रिनको व्यवस्था गरेपछि टुँडिखेलमा दर्शकको ओइरो लागेको छ । त्यस्तै तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गरिएपछि दर्शक झुम्मिरहेका छन् । दर्शकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुसमेत खटिएका छन् ।

कान्तिपुर हाफ म्याराथनको रौनक [तस्बिरहरू]

१२ औं संस्करणको कान्तिपुर हाफ म्याराथन सम्पन्न भएको छ । शनिबार कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको हाफ म्याराथन थापाथलीबाट सुरू भएको थियो । कान्तिपुर हाफ म्याराथन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले हात पारे ।