नेपाल आदिवासी जनजाति महासंघ उद्घाटनअघि विभिन्न विभिन्न स्थानबाट भेला भएका आदिवासी जनजातिहरूले परम्परागत भेषभुषामा सजिएर झाँकी निकालेका थिए ।
काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघको ११औं राष्ट्रिय महाधिवेशनका अवसरमा काठमाडौंमा झाँकी निकालिएको छ । महासंघको महाधिवेशन प्रज्ञा भवन कमलादीमा हुँदैछ । भोलि शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन आज गरिएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट भेला भएका आदिवासी जनजातिहरूले परम्परागत भेषभुषामा सजिएर झाँकी निकालेका थिए ।
