सुत्केरीको मृत्युमा लापरबाही भएको भन्दै आफन्तको प्रदर्शनपछि अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
काठमाडौँ — किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तीन दिनअघि सुत्केरी महिलाको मृत्यु भएको घटनापछि तोडफोड भएको छ। २५ वर्षीया मिनाश्री राईको सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा थप झडप नहोस भनेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।राईको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै ढुंगामुढा र तोडफोड गरेका छन् ।
