एसईईको उत्साह [तस्बिरहरू]

उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । उत्तरपुस्तिका परीक्षण पनि आजबाटै सुरु हुनेछ ।

चैत्र १९, २०८२

दीपक केसी

SEE's excitement [Photos]

काठमाडौँ — देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सुरु भएको छ। परीक्षामा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । 

SEE's excitement [Photos]

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । 

SEE's excitement [Photos]

उनका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । उत्तरपुस्तिका परीक्षण पनि आजबाटै सुरु हुनेछ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको शिक्षा सचिव चूडामणि पौडेलले जानकारी दिए ।

SEE's excitement [Photos]
SEE's excitement [Photos]
SEE's excitement [Photos]
SEE's excitement [Photos]
SEE's excitement [Photos]
SEE's excitement [Photos]
SEE's excitement [Photos]

दीपक

Link copied successfully